अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

पत्रकार महासंघको महाधिवेशन : १५ बुँदे घोषणापत्र सार्वजनिक

बिआरटीनेपाल २०७९ पुष ९ गते ५:२५ मा प्रकाशित

१५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै पत्रकार महासंघ केन्द्रीय महाधिवेशन सुर्खेतमा समापन भएको छ । ८ पुसमा सुरु भएको महाधिवेशनमा देशभरबाट सयौं पत्रकार उपस्थित थिए । कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो ।

उद्घाटन सत्रमा पत्रकारिता क्षेत्रमा लामो सय संक्रिय रुपमा सहभागी सञ्चारकर्मी एवं पत्रकारलाई राष्ट्रपति भण्डारीले सम्मान पनि गर्नुभएको थियो ।

महासंघले जारी गरेको सुर्खेत घोषणापत्रका पत्रकारका हकहित सुरक्षा, इन्टरनेटको प्रयोग गरी भइरहेको स्वतन्त्रताको हक हनन, विधिन्न तहका सरकारमा भइरहेका सूचनाको हकको हनन, सञ्चारसम्बन्धी विभिन्न कानुन निर्माणमा ढिलाइ जस्ता विषयलाई जोड दिइएको छ । प्रेस स्वतन्त्रता हननका घटना रोक्न समेत महासंघले जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय