अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

सत्ता गठबन्धनको बैठक,नयाँ सरकार गठनबारे छलफल

बिआरटीनेपाल २०७९ पुष ९ गते ५:१८ मा प्रकाशित

नयाँ सरकार गठन गर्ने सम्बन्धमा छलफल गर्न सत्ता गठनबन्धनका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा गठबन्धन दलका शीर्ष नेताहरूको उपस्थिति रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी थिए ।

बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ। गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ मा एक साताको समय निर्धारण गरेको थियो।

राष्ट्रपति कार्यालयले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको थियो। सत्तागठबन्धन दलहरूले यसअघि आफ्नै नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय