अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

‘प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना सकियाे’-ओली

बिआरटीनेपाल २०७९ पुष ९ गते ३:४४ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना लगभग समाप्त भएकाे टिप्पणी गर्नुभएकाे छ । एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयाेजना गरेकाे कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे । साथै उहाँले प्रचण्डले ढिला गरेको समेत बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘पुष्पकमल दाहालजी प्रधनमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाइ लाग्छ उहाँले ढिला गर्नुभयो।’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गर्नु भएको छ ।

फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्व-प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो । प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको ओलीले बताउनुभयो । उहाँले अरुले पनि समयमा कदम नचाले देश फेरि पनि मध्यावधि चुनावतर्फ धकेलिन सम्भावना समेत औंल्याउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कतिपय जो इच्छा गरिरहेका छन् । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको ईच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नुभयो । संस्कृतिमा एउटता भनाई छ–आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ । त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाईदिन्छ । यदि तपाईंले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैं झेरर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाईदा समयले खाईदिन्छ । त्यस्तै अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन ।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले देश कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहोर्‍याउनु भयो । उहाँले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैं समाप्त भएको जिकीर गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय