नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन लाग्दा पौडेल प्रचण्डलाई मनाउन दाहाल निवास खुमलटार पुग्नुभएको हो ।भेटमा पौडेलले गठबन्धन कायम रहनुपर्छ भन्नेमा जोड दिँदै प्रधानमन्त्री सहमति गरेर अघि बढ्नसमेत सुझाव दिनुभएको जनाइएको छ । सरकार गठनका लागि एकदिनमात्र बाँकी रहँदा पौडेल खुमलटार पुग्नुभएको हो ।
प्रचण्डले भने आफू प्रधानमन्त्री बन्नुपर्ने अडान छाड्नु भएको छैन । कांग्रेसले भने राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई आफ्नो बटमलाइन बनाएको छ । प्रचण्डलाई एकदिनअघि कांग्रेस नेता प्रकाशमान सिंहले भेटेर देउवाको नेतृत्व स्वीकार्न आग्रह गर्नुभएको थियो । यसैबीच कांग्रेसका महिला सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारको नेतृत्व नछोड्न दबाब दिएका छन् ।
