अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८
| Colorodo: 04:43
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ ९२० बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
संविधानको धारा(७६ को उपधारा(१ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा(२ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गर्नुभएको हो । त्यसकालागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको छ ।
संविधानको धारा(७६ को उपधारा(२ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ ।
