अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

कांग्रेस संसदीय दलको निर्वाचनका लागि तीन संसदीय समिति गठन

बिआरटीनेपाल २०७९ पुष ३ गते ४:१४ मा प्रकाशित

नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयनका लागि संसदीय समिति गठन गरेकाे छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेकाे हाे ।

सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय संसदीय समिति गठन गरेको भएकाे कांग्रेसकाे सचिवालयले जनाएकाे छ ।सचिवालयका अनुसार समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् ।

संसदीय समितिले निर्वाचनको मिति ताक्ने छ । कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका ८९ जना सांसदले संसदीय दलको नेता चयन गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय