अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, प्रधानमन्त्रीका लागि प्रचण्डको औपचारिक प्रस्ताव

बिआरटीनेपाल २०७९ पुष २ गते ५:१५ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। भेटवार्तामा प्रधानमन्त्री देउवालाई प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गर्नुभएकाे हाे ।सत्ता समीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा रहेका प्रचण्डले शनिबार बिहान देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेकाे माओवादीका एक नेताले बताउनु भएकाे छ ।

आफैँ प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई भेटेर प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको औपचारिक जानकारी गराएपछि सरकार गठनकाे प्रक्रिया झन पर धकेलिएकाे राजनीतिक वृतमा चर्चा चल्न थालेकाे छ ।

स्रोतका अनुसार निर्वाचन अगाडि भएकाे भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिनुभएकाे थियाे । निर्वाचनपछि तेस्रो दलमा खुम्चिएपनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गर्नुभएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय