अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

कास्कीमा ४२ प्रतिशत मत खस्यो

बिआरटीनेपाल २०७९ मंसिर ४ गते २:०१ मा प्रकाशित

आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत कास्कीमा दिउँसो १ बजेसम्म ४२ प्रतिशत मत खसेको छ ।कास्कीमा मतदाता उत्साहजनकरूपमा मतदानमा सहभागी भएकाले दिउँसाे १ बजेसम्म ४२ प्रतिशत मत खसेकाे गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले जानकारी दिनुभयाे ।

कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा एक सय ५० मतदान स्थलमा तीन सय ४४ वटा मतदान केन्द्र छन् । कास्कीमा दुई लाख ९१ हजार पाँच सय ६८ जना मतदाता रहेका छन् । यसैबीच कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ काे तालबराह आधारभूत विद्यालय मतदान केन्द्रमा ३० मिनेटपछि मतदान फेरि पुनः सुरु हुने भएको छ । एक मतदाताले मतपेटिका फुटाएपछि मतदान रोकिएकाेमा सर्वदलीय छलफलपछि फेरि मतदान सुरु हुन लागेकाे हो ।

नेकपा बहुमतका कार्यकर्ता टुकबहादुर विकले मत खसालेपछि नेकपा बहुमत जिन्दावादको नारा लगाएर मतपेटिका थेचारेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय