अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

”आवधिक निर्वाचन सम्पन्न हुनु संविधानले ठिक काम गरिरहेको प्रमाण हो” -प्रचण्ड

बिआरटीनेपाल २०७९ मंसिर ३ गते १९:५२ मा प्रकाशित

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवधिक निर्वाचन समयमा सम्पन्न हुनुले संविधान र व्यवस्थाले ठिक ढंगले काम गरिरहेको प्रमाण पेस गरेको बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार बिहान चितवनमा मतदान गरेपछि प्रचण्डले आवधिक निर्वाचन हुनु महत्वपूर्ण कुरा भएको बताउनुभयो । प्रचण्डले कुन पार्टीले कति मत ल्यायो भन्ने महत्वपूर्ण नभएर आवधिक निर्वाचन सम्पन्न हुनु ठूलो भएको बताउनुभएको हो । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका प्रचण्डले भन्नुभयो, ”कुन न पार्टीले कति मत ल्यायो भन्दा पनि ठूलो कुरो निर्वाचन सम्पन्न भएको छ । आवधिक निर्वाचन सम्पन्न हुनु भनेको संविधान र व्यवस्थाले ठिक ढंगले काम गर्दैछ भन्ने कुराको प्रमाण हो ”।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले संविधानलाई संस्थागत गर्ने कुरामा ठूलो कुरा रहेको प्रचण्डको भनाइ थियो । ”स्वच्छ, धाँधलिरहित र निष्पक्ष निर्वाचन हुनु महत्वपूर्ण कुरा हो । शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । संविधानलाई संस्थागत गर्ने प्रक्रियामा यसको ठूलो महत्व छ,” उहाँले भन्नुभयो, ”यसपटकको निर्वाचनले संविधानमाथि प्रश्न चिह्न उठाउन खोज्नेहरूको लागि यो निर्वाचनमा सहभागिता आफैमा ठूलो प्रमाण पनि हो ”।

प्रचण्डले निर्वाचनको पक्षमा राम्रो माहोल देखिएको बताउनुभयो । उहाँले पाँच दलीय गठबन्धनले निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी समेत गर्नुभएको छ । प्रचण्डले निर्वाचनपछि मुलुक शुशासन र समृद्धिमा जाने विश्वास समेत ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय