प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ का लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानमा भाग लिन मतदाताहरु उत्साहित भएर लाइनमा बसेका छन् । प्रतिनिधि सभाको १६५ स्थान र प्रदेश सभाको ३३० स्थानका लागि आज प्रत्यक्ष मतदान सुरु भएको हो । त्यसैगरी प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फका लागि पनि आजै मतदान भइरहेको छ । त्यसका लागि आयोगले ४ वटा मतपत्रको व्यवस्था गरेको छ ।

२०७४ मा दुई चरण गरेर निर्वाचन सम्पन्न भएको थियो । तर यसपटक एकै चरणमा निर्वाचन भएको हो । निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र लैजानु पर्ने जनाएको छ । यदि मतदाता परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र,लालपूर्जा र राहदानीका आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ ।