अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

आमनिर्वाचनको विरोधमा निर्वाचन आयोगअगाडि प्रदर्शन गर्ने ६ जना पक्राउ

बिआरटीनेपाल २०७९ मंसिर ३ गते ६:०९ मा प्रकाशित

आमनिर्वाचनको विरोधमा निर्वाचन आयोगअगाडि कालो झण्डा देखाएर प्रदर्शन गर्ने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरु पक्राउ परेका छन् । क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनले शनिवार मध्यान्ह आमनिर्वाचनको विरोधमा कान्तिपथस्थित आयोगको कार्यालयअगाडि कालो झण्डा देखाएर प्रदर्शन गरेको हो ।

मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत देशभर मतदान हुँदैछ। नेकपा क्रान्तिकारी माओवादी भने निर्वाचनको बहिस्कारसहित विरोध प्रदर्शन गरेको हो । सो पार्टी निकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले शनिबार मध्याहन्न कालोझण्डासहित काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयको मूलगेटमा कालोझण्डासहित प्रदर्शन गरेका हुन्।

निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका वैद्य माओवादी निकट विद्यार्थी संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा एकजना छात्रा नेतृ पनि छिन्। उनीहरूलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय