अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

देशभर थप ८ जनामा काेराेना सङ्क्रमण, सक्रिय सङ्क्रमितकाे सङ्ख्या ४ सय ४४

बिआरटीनेपाल २०७९ मंसिर २ गते ५:०४ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात सय ७८ जनाको नमुना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १७ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४४ जनामा झरेको छ ।

२४ घण्टामा काेराेना भाइरसविरुद्धाे खाेप लगाएकाकाे विवरण भने प्राप्त नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय