अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

निर्वाचनमा ४० क्षेत्रका मतपेटिका हेलिकोप्टरबाट संकलन गरिने

बिआरटीनेपाल २०७९ मंसिर २ गते ५:०१ मा प्रकाशित

सरकारले निर्वाचन सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको जनाएको छ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५ सय ७९ परिचालन गरिने गृह मन्त्रालयले जानकारी दिएको हो।

शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चुनावी सुरaक्षाबारे जानकारी गराउँदै गृहसचिव विनोदप्रकाश सिंहले उक्त जानकारी दिनुभएको हो ।
चुनावमा नेपाली सेना ७४ हजार ८४९, नेपाल प्रहरी ७१ हजार ६९३, सशस्त्र प्रहरी ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९२१ र म्यादी प्रहरी १ लाख ११५ हजार परिचालन गरिने उहाँले बताउनुभयो ।

सिंहका अनुसार हिमाली तथा उच्च पहाडी जिल्लामा हेलिकोप्टरबाट मतपेटिका संकलन गरिने छ। अहिलेसम्म यस्ता क्षेत्र ४० वटा रहेको भए पनि यो अझै बढ्न सक्ने गृहको आँकलन छ। मतदानस्थलको सुरक्षा संवेदनशीलता विश्लेषण गरेर सुरक्षा व्यवस्था मिलाइएको गृह सचिव सिंहले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय