अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

भाेजपुरमा सत्ता गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै बम विस्फाेट, १ जना घाइते

बिआरटीनेपाल २०७९ कार्तिक ३० गते ४:०३ मा प्रकाशित

भोजपुरमा सत्ता गठबन्धनकाे चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै आज बुधवार बम विस्फाेट भएकाे हाे ।

विष्फोटमा परि भाेजपुरकाे अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते हुनुभएकाे प्रहरीले जनाएकाे छ । उहाँकाे खुट्टामा चाेट लागेकाे र बम उहाँले नै बाेकेकाे शङ्का गरिएकाे छ । उहाँ विप्लव कार्यकर्ता भन्ने बुझिएकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । घाइते श्रेष्ठकाे स्थानीय किल्निकमा उपचार भइरहेकाे छ ।

यस चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम छ । भाेजपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शरतबहादुर थापाले बम विस्फोटपछि त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय