नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गतेको चुनावलाई पाण्डव र कौरवबीचको महाभारत युद्धुसँग तुलना गर्दै जनतालाई पाण्डवहरूको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ । ‘मंसिर ४ मा जनताले कौरव र पाण्डवमध्ये एक रोज्नुपर्ने अवस्था छ । जनताको अभिमतको अवमूल्यन गर्ने कौरवहरूको पराजय निश्चित छ,’ प्रचण्डले भन्नुभयो, ‘मतदाताले लोकतान्त्रिक वाम गठबन्धनको पाँच पाण्डवका उम्मेदवारहरूलाई विजय गराउने छन् ।’
पश्चिम नवलपरासीमा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु्भएको हो । उक्त सभामा कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आफूले उक्त क्षेत्रका जनताले भोगेको मल, बिउ, डुबान तथा बेरोजगारी समस्यालाई योजनाबद्ध रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
