अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५७ | Colorodo: 12:12

गठबन्धनले जितेपछि मुलुकमा विकास र समृद्धिले गति लिने माओवादी अध्यक्ष प्रचण्डको दाबी

बिआरटीनेपाल २०७९ कार्तिक २८ गते ५:२५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले जितेपछि मुलुकमा विकास र समृद्धिले गति लिने दाबी गर्नुभएको छ । मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको भन्दै प्रचण्डले आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिने बताउनुभएको हो ।

पाँचदलीय गठबन्धनद्वारा लमजुङको राइनसमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने बताउनुभयो ।

प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको पनि दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र आफू मुलुकका विभिन्न जिल्लामा सँगै घुम्दा र एक्लाएक्लै जाँदा पनि गठबन्धनको पक्षमा जनमत देखिएको दाबी गर्नुभयो । प्रचण्डले आसन्न निर्वाचनलाई जनमतसंग्रहको रूपमा ब्याख्या गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय