अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७ | Colorodo: 12:22

रवि लामिछानेको चुनावी प्रचारमा रहेको गाडीमा तोडफोड

बिआरटीनेपाल २०७९ कार्तिक २७ गते ४:२४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ ।  इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा १४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको उहाँले बताउनुभयो । इच्छाकामनामा घरदैलोमा रहनुभएका रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय