अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 21:09

एपीएफलाई प्रधानमन्त्री कपको उपाधि

बिआरटीनेपाल २०७९ कार्तिक २६ गते ५:२३ मा प्रकाशित

विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हाे ।

उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा पुरस्कार प्राप्त गरेको छ । त्यस्तै सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले ५०/५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय