अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

नेपाल वायुसेवा निगमका पाइलट लामालाई विमान उडानमा रोक

बिआरटीनेपाल २०७९ कार्तिक २३ गते ६:०५ मा प्रकाशित

नेपाल वायुसेवा निगमका पाइलट विजय लामामाथि छानबिन थालिएको छ । तत्कालका लागि उनलाई विमान उडानमा रोक लगाइएको छ । उडिरहेको विमानको ककपिटमा अनुमतिबिना भिडियो अन्तर्वार्ता दिएपछि उहाँ छानबिनमा तानिनुभएको हो । नेपाल नागरिक उड्डन प्राधिकरणले उहाँमाथि छानबिन गरिरहेको छ । लामालाई मंगलबार देखि विमान उडानमा रोक लगाइएको हो । छानबिन प्रतिवेदन नआउँदासम्म उडानमा रोक लगाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

प्राधिकरणले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानपछि निर्णयमा पुगिने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो । उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व नियमनकारी निकायबाट अनुमति लिनुपर्ने व्यवस्था छ । लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा अनुमतिबिना विदेशी भ्लगरलाई अन्तर्वार्ता र भिडियोग्राफी गर्न दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय