अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

गठबन्धनलाई जिताउनुस्, दार्चुलाले मन्त्री पाउँछ : प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७९ कार्तिक २३ गते ५:३४ मा प्रकाशित

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जिते दार्चुलाले मन्त्री पाउने आश्वासन दिनुभएकाे छ ।आज बुधवार दार्चुलाको गोकुलेश्वरमा सत्तारूढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे आश्वासन दिनुभएकाे हाे । उहाँ भन्नुभयाे, ‘गठबन्धन आजको आवश्यकता हाे । गठबन्धनले जिते दार्चुलाले मन्त्री पाउँछ ।’

कार्यक्रममा बाेल्दै प्रधानमन्त्री देउवाले मिचिएको नेपाली भूमि कुटनीतिक पहलबाट फिर्ता हुने बताउनुभयाे । महाकाली काेरिडोर, पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने उहाँले बताउनुभयाे ।

फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले केपी ओलीले आफैँले नक्सा पास गरेको भनेर झुटा बोलिरेहकाे भन्दै सबै दल एक ठाउँमा उभिएर नक्सा पास भएको बताउनुभयाे । ओलीतिर सङ्केत गर्दै उहाँले दार्चुलामा आएर बोल्दैमा आफ्नाे मिचिएकाे भूमि पिर्ता नहुने भएकाले भारतसँग संवाद गर्नुपर्ने बताउनुभयाे । ओलीले आफूले मात्रै जस लिन खोजेको उहाँकाे आराेप थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय