अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 16:13

प्रभु साहलाई समर्थन नगरेपछि माओवादीले लियाे आफ्नै उम्मेदवारमाथि कडा एक्सन

बिआरटीनेपाल २०७९ कार्तिक २३ गते ४:५७ मा प्रकाशित

प्रभु साहलाई समर्थन नगरेपछि नेकपा माओवादी केन्द्रले आफ्नै उम्मेदवारमाथि कडा एक्सन लिएकाे छ ।माओवादी केन्द्रले रौतहटको क्षेत्र नं. ३ का आफ्नै उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै एक्सन लिएकाे हाे ।गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा नेकपा माओवादीका उम्मेदवार बनेका रविन्द्र पटेल धिरजले उम्मेदवारी फिर्ता नलिएपछि माओवादीले उहाँलाई कारबाही गरेको हो ।

प्रभु साहलाई सघाउने निर्णय निर्णय गरे पनि उम्मेदवार रहेका धिरज पटेलले आफ्नो उम्मेदवारी कायम राखेपछि उहाँलाई कारवाही गरिएकाे मधेश प्रदेश इञ्चार्ज गणेश साहले बताउनुभयाे ।साहलाई कुनै पनि हालतमा समर्थन नगर्ने भन्दै चुनावी प्रचार प्रसारको अभियानलाई जारी राखेका छन ।

पार्टी निर्णय नमानेको भन्दै माओवादी केन्द्रले आज पटेलको सदस्यता खारेज गरेको हो ।उम्मेदवार पटेललाई सघाएको भन्दै माओवादी केन्द्रले पार्टी प्रदेश कमिटी सदस्य विन्देश्वर यादवलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय