अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

माइतीघरमा मनाइयाे सामा चकेवा पर्व

बिआरटीनेपाल २०७९ कार्तिक २२ गते ६:२० मा प्रकाशित

काठमाडाैँस्थित माइतीघर मण्डलामा सामा चकेवा पर्व मनाइएकाे छ।मिथिला क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीहरूबीच मनाइने प्रेम र समर्पणको पर्व सामा चकेवा सम्पन्न भएको हाे।याे पर्व कार्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु भएकाे थियाे।

यस अवसरमा दाजुभाइले परम्परा धान्दै गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिने गर्छन्। सामा चकेवा  पर्व ११ दिनसम्म मनाइने भए पनि यसपालि तिथिको भोग घटबढले १० दिनमै पर्व सम्पन्न भएको हो।मिथिलाका नारीले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिन्छ।

बोलीचालीको भाषामा ‘सामा खेल’ भनिने गरिएको यो ११ दिने पर्व दिदीबहिनी र दाजुभाइका लागि प्रतिक्षा, खुसी र आपसी सद्भाव व्यक्त गर्ने उपयुक्त अवसर मानिन्छ।द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा)लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको छ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरू श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय