अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

सगरमाथा क्षेत्रमा कैद भएको हिउँ चितुवाको फोटो

बिआरटीनेपाल २०७९ कार्तिक २१ गते ४:५९ मा प्रकाशित

अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको आकर्षक फोटो खिच्नुभएको छ । पवलोस्कीले अक्टोबर ८ तारिखमा आफ्नो क्यामेरामा कैद गर्नुभएको हिउँ चितुवाको फोटो उहाँको वेब पेजमा प्रकाशन गर्नुभएकाे छ । त्याे पेजलाई शेयर गर्दै नेपालमा रहेको अमेरिकी दूतावासले हिउँ चितुवाको आकर्षक फोटोबारेमा जानकारी गराएको छ ।

पाँच हजार चार सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको फाेटाेग्राफर पवलाेस्कीले आफ्नो वेबसाइटमा उल्लेख गर्नुभएको छ । उहाँले वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आउनुभएको छ । फोटोग्राफर पवलाेस्कीले गोरपशेकबाट बिहान ४ बजे हिँडेर आकर्षक फोटो कैद गर्न सकेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय