अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५४ | Colorodo: 22:09

चुनावपछि राप्रपाको बलियो उपस्थिति हुनेछ : पशुपति शमशेर जबरा

बिआरटीनेपाल २०७९ कार्तिक २१ गते ४:५० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले चुनावपछि राप्रपाको बलियो उपस्थिति हुने दाबी गर्नु भएको छ ।जथाभावी गर्ने ठूला दललाई चुनावपछि संसदमा पुगेर खबरदारी गर्नेसमेत उहाँको भनाइ छ ।

नवलपरासी पार्टी कार्यालयले सोमबार परासीमा गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले राजनीतिक दलहरूले मनपरी गरेकाले यस पटक राप्रपा संसदमा पुगेर खबरदारी गर्ने बताउनुभएको हो ।

मुलुक भरको जनलहरले यो पटक राप्रपा संसदमा जाने उहाँको दाबी थियो । जनताले मतमार्फत आफूहरूलाई देश चलाउन दिनेमा ढुक्क रहेको उहाँको विश्वास थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय