अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

भोलि एमालेले घोषणापत्र सार्वजनिक गर्दै

बिआरटीनेपाल २०७९ कार्तिक १४ गते ६:०६ मा प्रकाशित

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गर्नुभएकाे छ ।

विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गर्नुभएकाे हाे । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित अधिकांश राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय