अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

पार्टीभित्रैका मान्छेले छेक्दा छेक्दै पनि काम गरेर देखाएँ : अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ कार्तिक १३ गते ५:५६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको दाबी गर्नुभएकाे छ । आफूलाई पार्टीभित्रका मान्छेले छेक्दा छेक्दै दुई वर्षमात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको उहाँकाे दाबी थियाे ।

आज आइतवार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकाङ्क्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताउनुभयो । उहाँले हिजोका काम हेरेर अबको चुनावमा नागरिकले उम्मेदवार छान्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले एमाले देशका लागि काम गर्ने पार्टी भएको दाबी गर्नुभयो । यस पटकको चुनावले देशको भाग्य र भविष्य निर्माण गर्ने पनि उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय