अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६
| Colorodo: 11:41
कालीकोटमा विस्फोट वस्तु पड्किँदा २ जना बालिकाको ज्यान गएको छ । ३ बालबालिका जना घाइते भएका छन् । कालीकोटको तिलागुफा नगरपालिका(१० रानाबाडामा विस्फोट वस्तु पड्किँदा ४ वर्षका दुई बालिका झरना थापा र सरस्वती रानाको ज्यान गएको हो । यस्तै, ३ वर्षीया दर्शना राना, ७ वर्षीय कमल थापा र ५ वर्षीया मुस्कान थापा घाइते भएका हुन् ।
उनीहरु घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किएको प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताउनुभयो। घाइते बालबालिकाहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो ।
