अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

प्रधानमन्त्रीका प्रेस सल्लाहकारविरुद्ध उजुरी परेपछि समानुपातिक बन्दसूचीबाट हट्यो नाम

बिआरटीनेपाल २०७९ कार्तिक ९ गते ०:२० मा प्रकाशित

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेकाे परियारविरुद्ध आयोगमा उजुरी परेपछि नाम हटाएको हो ।

परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकार धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनीविरुद्ध उजुरी गरेकी थिइन् । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय