अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सफल गराउन राजनीतिक दललगायत सबैले सहयाेग गर्न प्रधानमन्त्रीकाे आग्रह

बिआरटीनेपाल २०७९ कार्तिक ९ गते ०:०१ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्ने बताउनुभएकाे छ।नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमीमा बुधबार आयोजित नेपाल सवंतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर शाख्वाको माल्यार्पण समारोहमा प्रधानमन्त्री देउवाले निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी वर्ग र सम्पूर्ण नागरिकले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभएकाे हाे ।

आगामी मंसिर ४ गते हुने निर्वाचन मुलुकको संविधानको रक्षा, लाेकतन्त्र र आर्थिक सुदृढिकरणका लागि महत्वपूर्ण हुने भन्दै उहाँले निर्वाचनमा सबै सक्रियताका साथ लाग्नुपर्ने बताउनुभयाे । देउवाले नेपालको सामाजिक इतिहासलाई उचो राख्ने शंखधर शाख्वाजस्ता महान व्यक्तिबाट हामीले सिक्न जरुरी भएको बताउनुभयाे । नेपाल संवत् नेपालीको मौलिक संवत् भएको प्रधानमन्त्री देउवाकाे धारणा थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय