अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

देश हार्ने या जित्ने निर्णय मंसिर ४ मा हुन्छ : ओली

बिआरटीनेपाल २०७९ कार्तिक ५ गते ६:२९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाउनुभएको छ । नेकपा एमाले ललितपुरको नेपाल संवात र तिहारको शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा उहाँले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताउनुभएको हो । अध्यक्ष ओलीले अहिलेको जस्तो अवस्था पञ्चायतकालमा समेत नभएको दाबी गर्नुभयो ।

कार्यक्रममा उहाँले प्रधानन्यायाधीशलाई मात्र नभई उनका छोरी बुहारी र भतिजीहरुलाई समेत घरबाट निस्कन नदिएको र निस्किए हिरासतमा लिने गरेको आरोप लगाउनुभयो । उहाँले यी सबै व्यवस्थाको अत्यका लागि ४ मंसिरको निर्वाचनबाट स्थायित्व दिने सरकार चयन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

देश हार्ने या जित्ने यही दिन निर्णय हुने उहाँको भनाइ छ । पूर्व प्रधानमन्त्री ओलीले यो निर्वाचन सार्थक निर्वाचन हुने विश्वास व्यक्त पनि व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई पनि अध्यक्ष ओलीले स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय