अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

नेपालमा थप ५४ जना कोरोना संक्रमित, ५४ संक्रमणमुक्त

बिआरटीनेपाल २०७९ कार्तिक ४ गते ७:४० मा प्रकाशित

नेपालमा  पछिल्लो २४ घण्टामा कोरोनाका ५४ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट ४८ र एन्टिजेन विधिबाट ६ जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार ५४ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । हाल सक्रिय संक्रमितको संख्या ७२१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय