अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

”गठबन्धनमा आवद्ध दलले एकअर्कालाई भोट नहाल्नु आत्मघात” : अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७९ कार्तिक ४ गते ६:१२ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा आवद्ध दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरे जस्तै हुने बताउनुभएको छ ।शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरे जस्तै हुने बताउनुभएको हो ।

उहाँले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै उम्मेदवारहरुलाई सचेत गराउनुभयो । उहाँले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर आफूले रुख चिन्हमा छाप लगाइसकेको र नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाइसकेको टिप्पणी गर्नुभयो । अध्यक्ष प्रचण्डले वामपन्थी र लोकतन्त्रवादी शक्तिहरु मिलेर नै देशमा ठूलठूला परिवर्तन सम्भव भएको भन्दै प्रतिगमनलाई परास्त गर्न मिलेर अगाडी जानुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले परिवर्तनका बिरोधी र निरंकुशताका पक्षधरहरुको अर्को गठबन्धन बनेको पनि उल्लेख गर्नुभयो । उहाँले सो गठबन्धनमा देशको एकतालाई खण्डित गर्न चाहानेहरु केन्द्रित भएकाले हल्का रुपमा नहेर्न पनि नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले गठबन्धनभित्र जहाँ जसको उम्मेदवारी छ उसैलाई जिम्मेवारीबोध र खुशीका साथ भोट हाल्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय