अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५
| Colorodo: 17:10
डा. गोविन्द केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । संघले साेमबार विज्ञप्ति जारी गर्दै सरकारसँग यस्ताे माग गरेकाे हाे। डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएकोमा संघले ध्यानाकर्षण समेत गराएको छ ।
विज्ञप्तिमा भनिएकाे छ, ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्याई डा. केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध गर्दछ ।’ यसअघिका सम्झौता कार्यान्वयन र स्वास्थ्य क्षेत्रमा सुधारका माग राखेर डा. केसी अनशनरत हुनुहुन्छ ।