अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१४ | Colorodo: 12:29

लगातार २ दिन बढेकाे शेयर बजार आज ५७ अङ्कले घटेर राताम्मे

बिआरटीनेपाल २०७९ भदौ ३० गते ८:१० मा प्रकाशित

लगातार दुई दिन बढेकाे शेयर बजार आज बिहीवार भने उच्च अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज ५७ अङ्कले घटेर एक हजार नाै सय २४ दशमलव ४८ विन्दुमा झरेकाे छ । आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, माइक्राेफाइनान्स, उत्पादन, विकास बैंक, जलविद्युत्, फाइनान्स, हाेटल तथा पर्यटन र व्यापार समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

नेप्से परिसूचक उच्च अङ्कले घटेकाे दिन दुई सय ३२ वटा कम्पनीकाे ६९ लाख ४० हजार कित्ता शेयर दुई अर्ब १२ कराेड ५६ लाख रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंककाे २१ कराेड ५० लाख रुपैयाँकाे शेयर किनबेच भयाे । आज एनआईसी एसिया फ्लेक्जी क्याप फन्डकाे शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड २ काे शेयर चार प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू