अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 04:45

काबुलमा बम विस्फोट हुँदा २० जनाको मृत्य

बिआरटीनेपाल २०७९ भदौ २० गते ५:२७ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट हुँदा २० जनाको मृत्यु भएको छ ।काबुलमा रहेको रुसी दूतावास नजिक भएको विस्फोटमा केही घाइते भएका छन् । घटनामा मारिनेमा दुई जना दलका नेता पनि रहेका छन् । घटनामा थुप्रै सवारी साधनमा क्षति पुगेको छ भने रुसी दूतावासका सिसाहरु फुटेका छन् । घटनापछि सो क्षेत्रलाई सिल गरी अनुसन्धान थालिएको छ ।

यसअघि गत अगस्टमा हेरात प्रान्तस्थित मस्जिदमा भएको बिस्फोटमा १८ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अफगानिस्तानमा पछिल्लो समय आतंकवादी घटना तीव्र रुपमा बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू