अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५
| Colorodo: 04:00
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत सुर्खेतका रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।अख्तियारले ४ लाख ९८ हजार ९९५ रुपैयाँ बिगो दाबीसहित विशेष अदातलमा मुद्दा दायर गरेको हो ।
उनले नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई फर्जी काम गरेर ४ लाख ९८ हजार ९९५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
उनले बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत रहेकी आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन थालेको थियो ।