अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 16:25

भारतले गर्दा नेपालको बिजुली बंगलादेश निर्यात हुन सकेन

बिआरटीनेपाल २०७९ भदौ ८ गते ७:२१ मा प्रकाशित

नेपाल र बंगलादेशका सह–सचिवस्तरीय बैठक राजधानीमा आजदेखि सुरू भएको छ ।चरम बिजुली संकट भोगिरहेको रहेको बंगलादेशले नेपालबाट ५० देखि १०० मेगावाट बिजुली लाने सहमति भएको छ । तर, भारतको बाटो लानुपर्ने बंगलादेशले अनुमति माग गर्दै दिएको निवेदन अलपत्र परेपछि बिजुली निर्यात हुन सकेको छैन ।

दुई दिने छलफलका लागि नेपाल आइपुगेको बंगलादेशी टोली हिजो सुनकोसी–३ जलविद्युत आयोजना निरीक्षणका लागि रामेछाप पुगेका थियो । आज सह–सचिवस्तरीय बैठक सम्पन्न भएपछि भोली ऊर्जा सचिवस्तरीय बैठक सुरू हुने नेपाली प्रतिनिधि मण्डलमा रहनु भएको उर्जा सह सचिव मधुप्रसाद भेटवालले जानकारी दिनु भयो ।

भोलीको छलफलमा भारतको बाटो हुँदै कसरी बंगलादेश सम्म बिजुली लग्न सकिन्छ भन्ने विकल्पमा समेत छलफल हुने ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जनाएको छ । रुस युक्रेन युद्धका कारण उर्जा संकट झेलिररेहेको बंगलादेश सरकारले विद्यालय सातामा दुई दिन विदा गर्ने निर्णय गरिसकेको छ । यस्तै, ऊर्जाको संकट टार्न सरकारी कार्यालय बैंकहरूको कार्यावधि १ घन्टा घटाउने र दैनिक २ घण्टासम्म लोडसेडिङ गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू