अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 22:03

पछिल्लो समय लगातार बढिरहेको शेयर बजार आज झन्डै ६ अङ्कले घट्यो

बिआरटीनेपाल २०७९ साउन ५ गते ७:५१ मा प्रकाशित

पछिल्लो समय लगातार सामान्य बढिरहेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार पाँच दशमलव ८७ अङ्कले घटेर दुई हजार ४४ दशमलव ७२ विन्दुमा झरेको छ ।

आज बैंकिङ र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय २५ वटा कम्पनीका ३९ लाख आठ हजार कित्ता शेयर एक अर्ब ६४ करोड २६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज किसान लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्सको शेयर भने तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू