अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 15:12

मदन पाण्डेको नेतृत्वमा हामी नेपाली ग्लोबल क्यालिफोर्निया च्याप्टर गठन

बिआरटीनेपाल २०७९ असार १२ गते १५:२५ मा प्रकाशित

अमेरिका । विश्वभरका नेपालीहरूलाई जोड्ने महान् अभियानमा लागेको जाति, धर्म तथा राजनीतिबाट माथि रहेर कार्य गर्दै आएको हामी नेपाली ग्लोबलको क्यालिफोर्निया च्याप्टर गठन भएको छ। अध्यक्ष मदन पाण्डेको नेतृत्वमा हामी नेपाली ग्लोबलको क्यालिफोर्नियामा च्याप्टर गठन भएको हो।

क्यालिफोर्नियामा आयोजित कार्यक्रममा सर्वसम्मत रूपमा भएको कार्यक्रममा च्याप्टरको प्रथम उपाध्यक्षमा मुना प्याकुरेल, द्वितीय उपाध्यक्ष अर्जुन पौडेल, तृतीया उपाध्यक्ष मदन तामाङ, महासचिवमा नवाह तिवारी, सचिव गणेश भट्टराई, कोषाध्यक्ष रोशन अधिकारी, सह–कोषाध्यक्ष तुला राम बजगाइँ चयन भएको छ। त्यस्तै, महिला संयोजक ममता बुढाथोकी, युवा संयोजक बाविन थापा, संस्कृति र मनोरञ्जन(संयोजक कृष्णा बुढाथोकी र सजन बोहोरा छन् ।

प्रमुख कार्यकारी अधिकृत रोशन अधिकारी, जनसम्पर्क अधिकृत हेम बहादुर ठकुला र जोसेफ घले चयन भएका छन्। सदस्यहरूमा विकास ठकुरी, राम कृष्णा भट्टराई, हर्क भण्डारी, इन्दिरा कार्की, राधा आचार्य, विजय चौधरी, प्रकाश बिस्ट, नवराज मुड़वरी, नीरकाजी गुरुङ, अंङ छिरिङ शेर्पा, महेश राणा मगर,ऋषि ढकाल ,किशोर विष्ट रहेका छन् ।

गठन कार्यक्रममा हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामाले संस्था स्थापना गर्नुको आवश्यकता तथा औचित्यमाथि प्रकाश पारेका थिए। त्यसै गरी समाजका उपाध्यक्ष टेक लामा, एनआरएनए क्यालिफोर्निया आर सी श्रीराम थापा, एन आर एनका अभियन्ता विजय कुमार चौधरी लगायतले शुभकामना दिएका थिए ।

हामी नेपाली ग्लोबलका स्पोर्ट डाइरेक्टर मोहन वाइवाले निकट भविष्यमा खेलकुद अभियानलाई अगाडि बढाउने बताउँदै सकेको सहयोग गर्न सबैमा अपिल गरेका थिए ।

त्यस्तै समाजका निवर्तमान आरसिसी रोशन अधिकारीले क्यालिफोर्निया मात्र नभएर अन्य राज्यमा पनि च्याप्टर छिटै विस्तार गठन गरेर संस्थालाई बलियो बनाउनुपर्ने कुरा राखेका थिए । तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष छेवाङ लामाको समेत उपस्थिति थियो। एन आर एनका सक्रिय क्यालिफोर्निया च्याप्टरको युवा जोसेफ घलेले पूर्ण समाज निर्माणको लागि समर्थन र सहयोग गर्नेहरूलाई संस्थाले हिरो अवार्डबाट पुरस्कृत गर्ने गरेको खुलासा गरे । कार्यक्रम रोशन अधिकारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू