अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८
| Colorodo: 03:53
इन्धनको मूल्यमा भारी बृद्धि भएपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन्। आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले बुधबारबाट लागू हुनेगरी हवाई भाडा बढाएको जानकारी दिएको छ।
पछिल्लो बृद्धिअनुसार काठमाडौँ पोखराको भाडा पाँच सयले बढेको छ भने जनकपुरको भाडा झन्डै ६ हजार पुगेको छ। धनगढीको नयाँ भाडादर १६ हजार ८ सय ५ पुगेको छ। धनगढी रुटमा ८ सय ४० रुपैयाँ भाडा बढेको हो।
त्यस्तै काठमाडौँ सिमराको भाडा ४ हजार १९५ पुगेको छ भने भरतपुरको भाडा ४ हजार ९३५ रुपैयाँ पुगेको छ।