नेपाल र अमेरिका बीच हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । सन् १९६९ मा १६ लाख ९ हजार अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य शुरु भएको थियो।आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंक प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच भएको शिष्टाचार भेटमा मन्त्री शर्माले विश्व बैंकले गर्दै आएको सहयोगको प्रशंसा गर्नुभएको थियो ।
पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको छ । हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको तथ्यांक छ । केही महत्त्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेका छन् । सोही भेटमा आर्थिक वर्ष ०७९/८० को बजेट मूलत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको अर्थमन्त्रीको भनाइ छ ।
सो अवसरमा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सहकार्य गर्ने बताउनुभयो ।