अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 11:30

एकैदिन १८ सयले घट्यो सुनको मूल्य

बिआरटीनेपाल २०७९ जेठ ३१ गते ८:३४ मा प्रकाशित

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू