अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१
| Colorodo: 11:36
पछिल्लो समय ओरालो लागिरहेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार ३२ दशमलव ३४ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर ओरालो लागेको दिन कारोबार रकम पनि घटेको छ । दुई सय ३० वटा कम्पनीकाे २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै सानिमा बैंकको नौ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज मानुषी लघुवित्त, बुद्धभूमि हाइड्रो र ओरिएन्टल होटलको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार ओरालो लागे पनि बलेफी हाइड्रो र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।