अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२०
| Colorodo: 11:35
हिजो बुधवार ६० अङ्कले बढेको शेयर बजार आज बिहीवार फेरि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६२ दशमलव ८६ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २९ वटा कम्पनीकाे ४१ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ४२ करोड २६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै कुमारी बैंकको ६ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सिंगटी हाइड्रो र समिट लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।