अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२
| Colorodo: 16:07
अघिल्लो अङ्ग्रेजी महिना अर्थात् मे महिनामा ५३ हजार जनाभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा ५३ हजार ६ सय आठ जना पर्यटक नेपाल आएका हुन् । यो कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को मे महिनाको तुलनामा २५ दशमलव ७ प्रतिशतले कमी हो । सन् २०२० को मे महिनामा ३१ जना र गएको वर्षको मे महिनामा १४ सय ६८ जना पर्यटक नेपाल आएका थिए ।
यो वर्ष मे महिनामा सबैभन्दा धेरै भारतबाट २६ हजार ६ सय ६२ जना पर्यटक नेपाल आएका छन् । समग्रमा दक्षिण एसियाबाट ३० हजार पाँच सय ६६ जना पर्यटक आएका छन् । यस्तै एसियाली देशबाट दुई हजार दुई सय २३ र युरोपबाट ६ हजार आठ सय ९५ जना, अमेरिकी देशबाट आठ हजार ३३ जना, न्युजिल्यान्ड र अस्ट्रेलियाबाट एक हजार ६ सय ९४ जना पर्यटक नेपाल आएका छन् ।