अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०० | Colorodo: 10:15

सुरक्षाको स्वर, टिकाको सङ्गीतमा ‘निःशब्द’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७८ चैत २७ गते ९:२९ मा प्रकाशित

काठमाडौँ – नायक आकाश श्रेष्ठ र गायिका सुरक्षा सेन्चुरी एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। गायिका सेन्चुरीकै स्वरमा समावेश ‘निःशब्द’ बोलको म्युजिक भिडियोमा उनीहरू देखिएका हुन् ।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका अर्का चर्चित सङ्गीतकार टिका दाहालले सङ्गीतबद्ध गरेका हुन्। राहुल प्रधानको गीतमा सङ्गीत संयोजन रहेको छ ।

बुद्ध थापाले छायाङ्कन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका सेन्चुरीको युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

भिडियो लिंक:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू