अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 01:13

भारतले नेपाललाई दियो ३७५ मेगावाट बिजुली निर्यात गर्न अनुमति

बिआरटीनेपाल २०७८ चैत २३ गते ६:३६ मा प्रकाशित

भारतले नेपाललाई ३७५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ । भारतले कालीगण्डकी ‘ए’ १४४ मेगावाट, लिखु–४ ५२ दशमलव ४ मेगावाट, मध्य मस्र्याङ्दी ७० मेगावाट, मस्र्याङ्दी ६९ मेगावाट, त्रिशुली र देवीघाट ३९ मेगावाट गरी ३७५ मेगावाटको बिजुली निर्यात गर्न अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीका अनुसार नेपालले भारतसँग वर्षायामअघि नै अनुमति दिन माग गरेको थियो ।

भारत सरकारको यो निर्णयसँगै नेपालको जलविद्युत विकासका लागि ढोका खुलेको उहाँको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतले नेपालको जगेडा बिजुली खरिद गर्ने, नेपालको बिजुली बङ्गलादेशसम्म जान दिने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) दु्रतगतिमा बनाउन निर्देशन दिने, जलस्रोत र जलविद्युतका मामिलामा आपसी सम्मान र आपसी सहमति कायम गर्ने समझदारी भएको थियो ।

यसबाट वर्षायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरी अतिरिक्त विद्युतको निर्यात भई दुई देशबीचको व्यापार घाटामा कमी आई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने प्राधिकरणको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय