अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 10:39

गायक तथा सङ्गीतकार डिबी बराईलीको एकल साँझ अमेरिकामा सम्पन्न

बिआरटीनेपाल २०७८ चैत ११ गते १७:५१ मा प्रकाशित

काठमाडौँ । अमेरिका पुगेपछि पनि गायक तथा सङ्गीतकार डिबी बराईली नेपाली गीत सङ्गीत र साहित्यमा उत्तिकै सक्रियता देखाइरहेका छन् । अमेरिकाको व्यस्त दैनिकीमा पनि गायक तथा सङ्गीतकार बराइली गीत सङ्गीतका गतिविधिमा निरन्तर लागिपरिरहेका छन् । यसैबिच द जर्नी नामक गीति एल्बम बजारमा ल्याएका डिबी बराईलीले ओहाएको कोलम्बस सहरमा एकल साँझ सम्पन्न गरे ।

सो अवसरमा गायक बराइलीले आफ्नो गीति एल्बमको लोकार्पण पनि गरेका हुन् । ठुलो सङ्ख्यामा उपस्थित भएका सङ्गीतकर्मीहरूको माझमा गायक बराइलले लोकार्पण गरेको गीति एल्बम द जर्नीमा ८ वटा गीत समावेश छन् । जसको भिडियोको निर्माणको काम पनि भइरहेको सो अवसरमा जानकारी गराइयो ।

पार्श्व गायनका लागि उत्कृष्ट लाग्ने उनको स्वरलाई दर्शकहरूले खुलेरै प्रशंसा गरे । न्याउली होम केयर एसएलसीको प्रयोजनमा सम्पन्न कार्यक्रमबाट राम्रो प्रतिक्रिया पाएको गायक तथा सङ्गीतकार बराइलीले बताए । भुटनिज अमेरिकन म्युजिक एसोसिएसनको सह प्रायोजनमा सम्पन्न भएको कार्यक्रममा ठुलो सङ्ख्यामा नेपाली भाषी संगीतप्रेमीको उपस्थिति रहेको थियो ।

हाल अमेरिकाको टेक्सासमा बज्दै आएका गायक बराइलीको बहुचर्चित बलिउड गायक उदित नारायण झासँग मिल्दो जुल्दो स्वर भन्दै कैयौँले उनको गायनको तारिफ गर्ने गरेका छन् । सो अवसरमा वरिष्ठ तबलाबादक प्रमोद उपाध्याय, किबोडिस्ट गणेश गजमेर, वरिष्ठ बाँसुरी बाधक राम सिंह लगायतका बाध्यबादकहरुको उपस्थिति रहेको थियो । गायक तथा सङ्गीतकार बराईलीले आगामी दिनमा पनि एकल साँझ कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू