अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 04:20

शेयर बजारमा वृद्धि, कारोबार भने साढें २ अर्ब

बिआरटीनेपाल २०७८ चैत ८ गते ७:०१ मा प्रकाशित

मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । कारोबार भने साढें २ अर्बबाट माथि उठ्न सकेन । उतार चढावकाबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर २६ सय ५० पुगेर थामियो ।

यस दिन वित्त, व्यापार र जलविद्युत समूहबाहेक अरु समूह सकारात्मक रहे ।जीवन बीमा समूह सबैभन्दा उच्च अढाई सय अंकले उकालो लाग्दा अरु बढीजसो समूह दोहोरो अंकले सकारात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३५ कम्पनीको ५३ लाख कित्ता शेयर २ अर्ब ५२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ६ कम्पनीको शेयर मूल्य बढ्दा ७७ को घट्यो भने १० को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय