अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 04:28

चालू आर्थिक वर्षको आठ महिनामा ८० अर्बभन्दा बढीको तेल भारत निर्यात

बिआरटीनेपाल २०७८ चैत ८ गते ६:५० मा प्रकाशित

चालू आर्थिक वर्षको आठ महिनामा नेपालले ८० अर्ब रुपैयाँभन्दा बढीको तेल भारत निर्यात गरेको छ । गत साउनदेखि फागुन मसान्तसम्म नेपालले ८० अर्ब ३५ करोड ४६ लाख ३६ हजार रुपैयाँको तेल भारतमा पठाएको हो भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार यो समयमा नेपालले ४१ अर्ब ४० करोड १७ लाख ८१ हजार रुपैयाँको प्रशोधित भटमासको तेल भारत पठाएको हो । सोही अवधिमा ३५ अर्ब ३३ करोड ८० लाख ७६ हजार रुपैयाँको पाम तेल तथा ३ अर्ब ६१ करोड ४७ लाख ७९ हजार रुपैयाँको सनफ्लावर तेल भारत पठाएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय